पोखरा, ४ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराले दुई जनालाई सेवाग्राहीसँग घुस लिँदै गर्दा नियन्त्रणमा लिएको छ । आइतबार मालपोत कार्यालय लेखनाथका खरीदार भानु नगरपालिका–६ तनहुँका प्रकाश पौडेल र लेखापढी व्यवसायी फलेवास नगरपालिका–१ पर्वतका मनोहरी भट्टराईलाई अख्तियारले नियन्त्रणमा लिएको हो । जग्गा नामसारीका लागि कार्यालय पुगेका सेवाग्राहीसँग उनीहरुले १२ हजार रुपैयाँ घुस…