मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौँ, ६ असोज । भक्तपुरको चाँगुनारायण नगरपालिका–०२ दुवाकोटमा मोटरसाइकलको ठक्करबाट अन्दाजी ६५ वर्षीय पुरुष पैदलयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार आज के.एम.सी. अस्पतालबाट महाकालचोकतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२-००३ प ३७०७ नम्बरको मोटरसाइकलले दुवाकोटस्थित सिटी ब्याङ्केट नजिक पैदलयात्रीलाई ठक्कर दिँदा घाइते भएका थिए । घाइतेलाई उपचारका लागि के.एम.सी. अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो…