काठमाडौँ, १८ असोज । नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका-४ पिधरीस्थित होङ्सी-दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार पिधरीबाट दुम्किबासतर्फ आउँदै गरेको लु.४ त ५५०५ नम्बरको ट्याक्टर चालक स्थानीय ४५ वर्षीय ओमबहादुर पल्ली मगरले नियन्त्रण गुमाई सडकको बाँया साइडमा रहेको माटोको ढिस्कोमा ठोक्किँदा सडकमा खसी घाइते भएका थिए…