काठमाडौँ, १ बैशाख । हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावले मौसममा बदली देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार यतिबेला कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रसहित देशका हिमाली भू-भागमा साधारणतया बादल लागेको छ। अन्य पहाडी इलाकामा आंशिक बदली रहे पनि तराईका जिल्लाहरूमा भने मौसम सामान्यतया सफा रहेको देखिन्छ । आज…