हिन्द महासागरको स्थिरता विश्व शान्तिसँग जोडिएको छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ, २८ चैत । परराष्ट्रमन्त्री शिशिर खनालले विश्व आपूर्ति श्रृंखलामा अवरोध देखापरेको समयमा हिन्द महासागरको स्थिरता महत्त्वपूर्ण रहेको बताएका छन् ।  मौरिसको पोर्ट लुइसमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै मन्त्री खनालले पश्चिम एसियामा द्वन्द्वको असर क्षेत्रीय सीमाभन्दा बाहिर फैलिएको र त्यसले इन्धन मूल्य, आपूर्ति शृङ्खला र जीविकोपार्जनमा समेत प्रभाव पार्दा  हिन्द महासागरको स्थिरता विश्व शान्तिसँग जोडिएको बताए…