काठमाडौँ, २३ चैत । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन् । आज परराष्ट्र मन्त्रालयमा भएको भेटमा राजदूत श्रीवास्तवले परराष्ट्रमन्त्री नियुक्त भएकोमा भारतका विदेशमन्त्री एस. जयशंकरको शुभकामना सन्देश सुनाएका थिए । “यस अवसरमा नेपाल–भारत सम्बन्ध र सहयोगसम्बन्धी विभिन्न विषयमा छलफल भयो,” परराष्ट्र मन्त्रालयले जनाएको छ । नयाँ सरकार गठन भएपछि…