काठमाडौँ, २३ चैत । संघीय संसद्का दुवै सदन, प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक आज छुट्टाछुट्टै बस्दै छन् । संघीय संसद् सचिवालयका अनुसार, प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा गृहमन्त्री सुदन गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२’…