काठमाडौँ, ४ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विधान संशोधन कार्यदलको बैठक आज बस्ने भएको छ । दिउँसो २ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने सचेतक प्रकाशचन्द्र परियारले जानकारी दिए । पार्टी सभापति रवि लामिछानेले बुधबार बोलाएको संसदीय दलको अनौपचारिक बैठकले मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीको संयोजकत्वमा विधान संशोधन कार्यदल गठन गर्ने निर्णय गरेको थियो…