काठमाडौँ, १७ असार । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले देश प्रतिगामी, फासीवादी बाटोमा जान नसक्ने बताएका छन् । अध्यक्ष ओलीले फासीवादी प्रवृत्तिविरुद्ध मिल्न सकिने सबै शक्तिसँग कार्यगत एकता गर्नुपर्नेमा जोड दिए । एमाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलद्वारा पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आयोजित सम्पर्क विशेष संगठन कमिटीसँग सुझाव संकलन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।…