काठमाडौँ, ३ भदौ । सर्वोच्च अदालतले मधेस प्रदेशका एक कर्मचारीको अध्ययन बिदासम्बन्धी विवादमा प्रदेश सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले मधेस प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका कर्मचारी मनोज मिश्रले दायर गरेको रिटमा सुनुवाइ गर्दै उक्त आदेश दिएको हो । मधेस प्रदेशको निजामती सेवाका स्थायी कर्मचारी…