नबराज काफ्ले राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना निर्वाचित जनप्रतिनिधिहरूलाई योग, ध्यान र आरोग्यसँग जोड्ने प्रयास नेपाली राजनीतिक अभ्यासमा नयाँ सोचको संकेत हो । परम्परागत रूपमा राजनीति शक्ति, रणनीति र प्रतिस्पर्धामा केन्द्रित रहँदै आएको छ तर आधुनिक सन्दर्भमा नेतृत्वको गुणस्तर केवल बौद्धिक क्षमता वा जनसमर्थनले मात्र निर्धारण हुँदैन, त्यसमा मानसिक सन्तुलन, भावनात्मक परिपक्वता र शारीरिक स्वास्थ्य पनि…