जेनजी आन्दोलन लोकतन्त्र विरोधी होइन, उन्नत लोकतन्त्रको पक्षधर हो: अध्यक्ष प्रचण्ड

काठमाडौँ, ३ असोज । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशले सबै लोकतन्त्रवादी, गणतन्त्रवादी, परिवर्तन प्रेमी शक्तिबिच दह्रो एकताको आवश्यकता औँल्याएका छन् । संविधान दिवसका अवसरमा शुक्रबार शुभकामना व्यक्त गर्दै उनले लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र नै हुने उल्लेख गर्दै संविधान र लोकतन्त्रको रक्षामार्फत राष्ट्रको स्वतन्त्रताको रक्षा गर्नु सबै नेपालीको साझा कर्तव्य…