काठमाडौँ महानगरद्वारा ८० हजारभन्दा बढीलाई निःशुल्क कानुनी सेवा

काठमाडौँ, २४ फागुन । काठमाडाैँ महानगरपालिकाले स्थानीय स्तरमा न्याय सम्पादन र कानूनी सहायतालाई प्रभावकारी बनाउँदै लगेको छ । महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले पछिल्लो १९ महिनाको अवधिमा मात्रै ८० हजारभन्दा बढी नागरिकलाई निःशुल्क कानुनी सेवा प्रदान गरिएको जानकारी दिएका हुन् ।  ११६ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा काठमाडौँ महानगरपालिकाले आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै…