काठमाडौँ, २६ मंसिर । काठमाडौँ निर्वाचन क्षेत्र नं ५ बाट निर्वाचित भएका नेकपा ९एमाले०का महासचिव ईश्वर पोखरेलले आफ्नो निर्वाचन क्षेत्रको विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आज लैनचौरमा आयोजित विजय र्यालीलाई सम्बोधन गर्दै उनले चुनावका क्रममा आफूले जनतासमक्ष राखेका प्रतिबद्धता पूरा गर्ने बताए । उनले वाम गठबन्धनले निर्वाचनमा बहुमतसहित विजय हासिल गरेकाले जनताको चाहनाअनुसार…