रौतहट,१० चैत्र । नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भटराईले नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको सरकारले एनसेललाई २६ अर्ब रुपैयाँ कर छुट दिएर स्थानीय निर्वाचन खर्च जुटाएको आरोप लगाएका छन् । हिमाल,पहाड र तराई अभियान अन्तर्गतरौतहटको चन्द्रनिगाहपुरमा आयोजित सभामा बोल्दै संयोजक भट्टराईले विकासका नाममा प्रचण्ड सरकारले कार्यकर्तालाई रकम बाँडेर चुनाव जित्ने अभियान चलाएको आरोप…