स्थानीय तहको निर्वाचनमा जुट्न उपप्रधानमन्त्री थापाले दिए कार्यकर्तालाई निर्देशन

विराटनगर,६ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिए । राप्रपा मोरङद्वारा आज विराटनगरमा आयोजित ‘स्थानीय निर्वाचन सन्दर्भमा राजनैतिक समसमायिक छलफल’ विषयको कार्यक्रममा उहाँले निर्वाचनमा मधेसी मोर्चालाई पनि सहभागी हुन आह्वान गरे । राप्रपाका अध्यक्ष थापाले निर्वाचन आयोगले हिन्दू राष्ट्र र राजसंस्थालाई हटाउने एकपक्षीय रुपमा असंवैधानिक निर्णय…