काठमाडौँ, ९ साउन । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले लोकरिझ्याइँ र अराजकतावादको जगमा उभिएका राजनीतिक शक्तिहरूको भविष्य लामो नभएको टिप्पणी गरेका छन् । नरबहादुर कर्माचार्यको स्मृति दिवसका अवसरमा शनिवार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले प्रधानमन्त्री बालेन्द्र साह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लक्षित गर्दै महासचिव पोखरेलले वर्तमान समयमा उदाएका नयाँ शक्तिहरू अवसरवाद…