रास्वपाले बनायो संसदीय दलको विधान संशोधन कार्यदल

काठमाडौँ, ३ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको विधान संशोधन कार्यदल बनाएको छ । आज सभापति रवि लामिछानेले बोलाएको संसदीय दलको अनौपचारिक बैठकले मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीको संयोजकत्वमा कार्यदल बनाएको हो । संसदीय दलको उपनेता गणेश पराजुलीका अनुसार उक्त कार्यदललाई आवश्यकता अनुसार विधान संशोधन गर्न ७ दिनको समय सीमा दिएको छ । …