फ्रान्समा दोस्रो चरणको राष्ट्रव्यापी लकडाउनकाे घोषणा

काठमाडौँ, १३ कार्तिक । फ्रान्समा दोस्रो चरणको राष्ट्रव्यापी लकडाउनकाे घोषणा गरिएको छ । राष्ट्रपति इमानुएल म्याक्रोले राष्ट्रको नाममा सम्बोधन गर्दै भोलिदेखि सुरु हुने लकडाउनको नयाँ प्रतिबन्धको बारेमा जानकारी दिएका हुन । नयाँ प्रतिबन्ध अनुसार अब अति-आवश्यक कामको लागि वा स्वास्थ्यमा समस्या आए मात्रै घरबाट निस्कन पाउने अनुमति छ । रेष्टुरेन्ट र बारलगायत अति-आवश्यक नभएका व्यवसाय बन्द हुने…