हेटौँडा, २८ कार्तिक । मकवानपुरमा पेस्तोलसहित दुई जना पक्राउ परेका छन् ।
सशस्त्र प्रहरीले मकवानपुरको हेटौँडाबाट पेस्तोलसहित दुई जनालाई नियन्त्रणमा लिएको हो । शनिबार दिउँसो हेटौँडा उपमहानगरपालिका–१, चौकीटोलमा गरिएको सवारी जाँचका क्रममा मकवानपुरको मनहरी गाउँपालिका–६, नयाँबस्ती निवासी २७ वर्षीय सुनबहादुर तामाङ र २२ वर्षीय विश्वराज तामाङलाई पेस्तोलसहित पक्रा गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।
सो क्रममा प्रहरीले ७.६५ एमएम क्यालिबरको एक थान सेमी अटोमेटिक पेस्तोल, सोही पेस्तोलमा प्रयोग हुने एक थान म्यागजिन र एक राउन्ड गोली बरामद गरेको छ। नियन्त्रणमा लिइएका दुवै व्यक्ति, अटो तथा बरामद हतियार र गोली आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने क्रममा रहेको सहप्रवक्ता थापाले जानकारी दिए ।










प्रतिक्रिया दिनुहोस्