समाचार

चार चिनियाँ नागरिक पक्राउ



काठमाडौँ, २८ कार्तिक । काठमाडौँ महानगरपालिका वडा नम्बर २६ स्थित पर्यटकीय क्षेत्र ठमेलमा मादक पदार्थ सेवन गरी झैझगडा गरेको आरोपमा प्रहरीले चार जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ। 

सडकमा मदिरा सेवन गरी आपसमा होहल्ला तथा झैझगडा गरिरहेको अवस्थामा प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो । पक्राउ पर्नेहरूमा राहदानी नम्बर नखुलेका २७ वर्षीय पुरुष ए हाओ, ३३ वर्षीय पुरुष ए गुई, ३५ वर्षीय पुरुष सियाओ ले तथा २९ वर्षीया महिला योङ सोय रहेका छन्।