राजनीति

मधेसका मुख्यमन्त्री यादवले दिए राजीनामा



जनकपुरधाम, २८ कार्तिक । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएका छन् ।

शनिबार बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले राजीनामाको घोषणा गरेका हुन् । प्रदेशसभाको अंकगणितीय जोड घटाउमा अल्झिएर सरकार सञ्चालन गर्नुभन्दा प्रदेशमा स्थिर सरकार निर्माण र विद्यमान राजनीतिक परिस्थितिको निकास खोज्न आफूले राजीनामा दिने निर्णय गरेको उनले बताए ।

प्रदेशमा राजनीतिक स्थिरता कायम गर्न र सरकार गठनको प्रक्रियालाई सहज बनाउन मार्गप्रशस्त गर्ने उद्देश्यले राजीनामा दिएको उनको भनाइ थियो ।