काठमाडौँ, २८ कार्तिक । बाँकेमा बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बर्दियाको बाँसगढी नगरपालिका–२, पिपल चौताराका २२ वर्षीय हेमन्त परियार छन् ।
१७ वर्षीया एक बालिकाको बलात्कार गरेको उनीमाथि आरोप छ । शुक्रबार साँझ उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
परियारले ती बालिकाको बलात्कार गरेको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्