सुनसरी, २८ कार्तिक । सुनसरी जिल्लाका विभिन्न स्थानहरूबाट लागू औषधसहित ४ जनालाई पक्राउ गरिएको छ ।
प्रहरीका अनुसार धरान उप–महानगरपालिका–१ का २५ वर्षीय अमर दर्जीलाई ५ ग्राम ३४० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित पक्राउ गरिएको छ । त्यस्तै, इलाका प्रहरी कार्यालय भन्टाबारीले उदयपुरको चौदण्डीगढी नगरपालिका–३ का २९ वर्षीय हेम कुमार विकलाई निट्राजेपाम ६० ट्याब्लेट प्रतिबन्धित औषधि सहित पक्राउ गरेको छ भने अस्थायी प्रहरी चौकी जनतावासीले इटहरी उप–महानगरपालिका–५ का २२ वर्षीय अबिनाश शंकर र ४० वर्षीय रजन शंकरलाई २७० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।
पक्राउ परेका सबै जनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्