काठमाडौँ, २८ कार्तिक । परराष्ट्रमन्त्री शिशिर खनालले मन्त्री खनालले सम्मेलनका उच्चस्तरीय बैठकहरूमा नेपाल तथा पर्वतीय मुलुकका एजेन्डालाई कोप प्रक्रियामा स्थापित गराउन सक्रिय प्रयास गरेको बताएका छन् ।
संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेर शनिबार स्वदेश फर्किएका छन् ।
स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै कोपको नतिजाप्रति आशावादी देखिएका उनले भने, ‘नेपालका तर्फबाट पर्वतीय मुलुकका मुद्दाहरू स्थापित गराउन विभिन्न तहमा छलफल भएको छ, यस वर्षको सम्मेलनले कुनै न कुनै रूपमा हाम्रा एजेन्डालाई सम्बोधन गर्नेमा हामी पूर्ण आशावादी छौँ।’
सम्मेलनका क्रममा मन्त्री खनालले ‘पर्वत तथा जलवायु परिवर्तन’ सम्बन्धी छुट्टै कार्य कार्यक्रम स्थापना गर्नुपर्ने माग राख्दै विश्वव्यापी अनुकूलन लक्ष्य तथा नयाँ सामूहिक परिमाणात्मक जलवायु वित्त लक्ष्यमा पर्वतीय क्षेत्रका विशिष्ट सूचक समावेश गर्नुपर्ने धारणा व्यक्त गरेका थिए।










प्रतिक्रिया दिनुहोस्