काठमाडौँ, ३० कार्तिक । नेपाली कांग्रेसले पार्टीको १५औँ केन्द्रीय महाधिवेशनबाट विधानका विभिन्न ५८ बुँदामा संशोधन तथा हेरफेर गरेको छ ।
काठमाडौँमा सम्पन्न महाधिवेशनको बन्दसत्रले विधान संशोधन प्रस्ताव अनुमोदन गरेको जानकारी निर्वाचन आयोगलाई बुझाएको हो । गत असोज १८ देखि २३ गतेसम्म खुलामञ्चमा कांग्रेसले महाधिवेशन सम्पन्न भएको थियो । यस्तै असोज १९ गतेको बन्दसत्रले विधान संशोधनको प्रस्ताव पारित गरेको थियो ।
संशोधित विधानमा केन्द्रीय कार्यसमितिको संरचना विस्तार, वरिष्ठ उपसभापतिको व्यवस्था र कार्यक्षेत्र निर्धारण, नयाँ सल्लाहकार तथा नीतिगत संरचनाको गठन, सदस्यता नवीकरणमा डिजिटल प्रणाली र दोषी ठहरिएका नेता–कार्यकर्ताको स्वतः निलम्बन लगायतका व्यवस्था गरिएका छन् ।










प्रतिक्रिया दिनुहोस्