काठमाडौँ, ३० कार्तिक । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले केपी ओली र रमेश लेखकलाई लगाएको जस्तै आरोपमा अहिलेका प्रधानमन्त्री र गृहमन्त्री गिरफ्तार हुनुपर्ने बताएका छन् ।
मंसिर २ र ३ गते आयोजना गर्न लागिएको राष्ट्रिय भेलाबारे सोमबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पोखरेलले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र त्यतिबेलाका गृहमन्त्री रमेश लेखक पक्राउको अभियोजन गर्न नसकेको बताए । सरकार प्रतिशोधात्मक ढंगले अघि बढ्न खोजेको उनको भनाइ छ ।
उनले सुनसरीमा गोली चलेको घटनाको जिम्मा पनि प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने उनको भनाइ छ । विवादित छविका इनम सापकोटाको अनुसन्धान पारदर्शी नभएको उल्लेख गर्दै उनले अनुसन्धान रहस्यपूर्ण बन्दै गएको बताए ।
उनले भने, “बिनातथ्य र प्रमाण आग्रहका आधारमा पार्टी अध्यक्षलाई गिरफ्तार गर्ने, निवर्तमान गृहमन्त्रीलाई गिरफतार गर्ने । १३ दिन राखेर अभियोजन पनि गर्न नसक्ने । आजसम्म अभियोजन गर्ने क्षमता सरकारले देखाउन सकेको छैन । किनकी तथ्य र प्रमाण नै छैन । यही सरकारले इनम सापकोटालाई पक्राउ गरेको छ । तर पनि, अनुसन्धानको प्रक्रिया रहस्यपूर्ण देखिँदैछ, पारदर्शी छैन ।”










प्रतिक्रिया दिनुहोस्