राजनीति

नवनियुक्त तीन देशका राजदूतद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण



काठमाडौँ, ३० कार्तिक । नवनियुक्त तीन देशका राजदूतले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शीतल निवासमा आयोजित समारोहमा नवनियुक्त राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

शपथ लिनेमा भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र इजरायलका लागि सुरेशकुमार कर्ण रहेका छन् ।

राष्ट्रपति कार्यालयका अनुसार शपथ ग्रहण समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।