काठमाडौँ, ३० कार्तिक । नेकपा (एमाले)ले स्थायी कमिटी बैठक बोलाएको छ ।
स्थायी कमिटी बैठक मङ्सिर १ गते मंगलबार दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बस्नेगरी बोलाएको पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले जानकारी दिए ।
एमालेको राष्ट्रिय भेला मङ्सिर २ र ३ गते काठमाडौँमा हुँदैछ । भेला लगत्तै ४ गते स्थानीय तहका जनप्रतिनिधि भेला र ५ गते केन्द्रीय कमिटीको बैठक बस्ने एमालेले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्