काठमाडौँ, ३० कार्तिक । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेलाले शिष्टाचार भेट गरेका छन् ।
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा सोमबार परराष्ट्रमन्त्री खनालसँग राजदूत दलेलाले शिष्टाचार भेट गरेका हुन् । भेटका अवसरमा नेपाल–भारत सम्बन्धका विभिन्न पक्षमा छलफल भएको बताइएको छ । साथै, दुवै देशबीच रहिआएको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री बालेन शाह मंसिरको पहिलो हप्ता भारत भ्रमण गर्ने तयारी भइरहेको बेला भारतीय राजदूतले परराष्ट्रमन्त्रीसँग भेटवार्ता गरेका हुन् ।










प्रतिक्रिया दिनुहोस्