कालीगण्डकी किनारमा मानव कंकाल फेला

काठमाडौँ, २७ माघ । गुल्मीको कालीगण्डकी गाउँपालिका–४ स्थित कालीगण्डकी नदी किनारमा मानव कंकाल फेला परेको छ । सोमबार दिउँसो घुमाउने भन्ने स्थानमा ढुंगाक चेपभित्र मानव कंकाल देखिएपछि स्थानीयले जिल्ला प्रहरी कार्यालय गुल्मीमा जानकारी दिएका थिए । सूचना प्राप्त भएलगत्तै प्रहरी चौकी पूर्तिघाटबाट प्रहरी टोली गएको थियो । सो टोलीले घटनास्थलमा पुगेर आवश्यक सुरक्षा प्रदान गरेको थियो…