एजेन्सी, १२ चैत । फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियर नेतृत्वको सरकारले राष्ट्रिय ऊर्जा आपतकाल घोषणा गरेको छ । पश्चिम एसियामा बढ्दो द्वन्द्वका कारण ऊर्जा आपूर्तिमा “तत्काल खतरा” देखिएको भन्दै आपतकाल घोषणा गरिएको हो । राष्ट्रपति मार्कोसले मंगलबार जारी गरेको कार्यकारी आदेशमा विश्व ऊर्जा बजारमा अनिश्चितता, आपूर्ति शृङ्खलामा अवरोध र अन्तर्राष्ट्रिय तेल मूल्यमा तीव्र उतार–चढाव तथा…