वासिङ्टन, २० असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीहरुले साम्यवादको खतरा बढाइरहेको दाबी गरेका छन् । उनले भने, ‘हाम्रो देशमा फेरि कम्युनिजमको खतरा बढ्दै गएको छ । विशेषगरी हाम्रो जीवनशैली र सफलतासँग पूर्ण रूपमा असहमत विचार बोकेर आउने केही नयाँ आप्रबासीबाट यस्तो खतरा देखिएको छ । कम्युनिजम अमेरिकी स्वतन्त्रतामाथिको घातक खतरा हो । यो प्रथम विश्वयुद्ध, दोस्रो…