पहिरोका कारण कर्णालीका पाँच सडकखण्ड अवरुद्ध

काठमाडौँ, १० असोज । लगातारको वर्षापछि आएको पहिरोका कारण कर्णाली प्रदेशका विभिन्न जिल्लाका पाँच सडकखण्ड अवरुद्ध भएका छन् । आज बिहानसम्म दैलेख, कालिकोट, हुम्ला, मुगु र जाजरकोटका सडकखण्डमा पहिरो खसेपछि यातायात प्रभावित भएको हो । दैलेख–कालिकोट सडकखण्डअन्तर्गत गगने खोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । कालिकोटको शुभकालिका गाउँपालिका–१ गगने खोलामा माथिबाट लेदोसहितको पहिरो खसेपछि…