काठमाडौँ, २ भदौ । काठमाडौँको टोखामा भएको लुटपाटमामा संलग्न देखिएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत सहायक हवलदार कृष्ण बहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई केही दिनअघि प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले पक्राउ गरेको हो । सहायक हवलदार र सिन्धुपाल्चोक घर भएका जीवन घतानी बिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।…