सर्लाही, २३ असार । सर्लाही प्रहरीले ६० किलो लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार ब्रह्मपुरी गाउँपालिका–२ धर्मपुरटोलस्थित कठिपुल नजिक प्रहरी चौकी ब्रह्मपुरीबाट खटिएको प्रहरी टोलीले हरिवनबाट नारायणतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ह ४५१७ नम्बरको अटो शंकाको आधारमा रोकी जाँच गरिएको थियो । जाँचका क्रममा अटोको डिक्की र…