मन्त्री घिसिङद्वारा बागमती करिडोरको फोहोरमैला व्यवस्थापन र सडकको निरीक्षण

काठमाडौँ, २९ कार्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले काठमाडौँको पूर्वी क्षेत्रस्थित बागमती नदी करिडोर क्षेत्रको फोहोरमैला व्यवस्थापन र सडक मर्मत सम्भारबारे स्थलगत निरीक्षण गरेका छन् । सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव केशव शर्मा, गोकर्णेश्वर नगरपालिका मेयर दीपक…