काठमाडौँ, ११ पौष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती कर्मचारी र प्रहरी समायोजनका आवश्यक पर्ने संघीय प्रहरी ऐनलगायत संघीयता कार्यान्वयनका लागि आवश्यक पर्ने कानुन अध्यादेशमार्फत् ल्याउने तयारी गरेका छन् । संसद अधिवेशन अन्त्य भएको दुई महिनासम्म पनि अर्को अधिवेशन आह्वान नगरेर प्रधानमन्त्री प्रचण्डले अध्यादेशमार्फत् कानुन ल्याउन खोजेका हुन् । बुधबार बिहान बसेको समाजवादी मोर्चाको बैठकमा…