काठमाडौँ, १८ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार देशभर साधारणतया बादल लागेको छ । हाल गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका साथै देशको पहाडी भू-भागका केही स्थानमा तथा कोशी, मधेस र बागमती प्रदेशको तराई भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको…