जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ

काठमाडौँ, २२ साउन । बाँकेमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा राप्तीसोनारी गाउँपालिका-१ भम्पा बस्ने ३८ वर्षीय रूपलाल खुना बिहीबार साँझ पक्राउ परेका छन् । रूपलालले ती किशोरीलाई जबरजस्ती करणी गरेको उजुरी परेपछि इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । उक्त घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।