आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्यव केन्द्र स्थापना

काठमाडौँ, १२ पौष । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि निर्वाचन आयोगले निर्वाचन सूचना सम्प्रेषण तथा समन्यव केन्द्र स्थापना गरी आजदेखि सञ्चालनमा ल्याएको छ । आयोगले आज एक कार्यक्रम गरी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी एवं विश्वसनीय बनाउन आफ्ना सूचना तथा सन्देशहरू आम मतदाता, उम्मेदवार, राजनीतिक दललगायतका सरोकारवाला समक्ष प्रभावकारी तवरले…